नेभिगेशन
LEADING_MAIN

भुकम्प पिडितका लागि अस्ट्रेलियामा सहयोग अभियान शुरु

सिड्नी । earthquick nepal 2015अप्रिल २५ तारिख शनिवार मध्यन्ह १२ बजे गोरखा जिल्लालाई केन्द्रविन्दु बनाएर आएको विनासकारी महाभुकम्पका पिडितहरुको राहतका लागि एनआरएन अस्ट्रेलियाले तत्काल १० लाख रुपैयाँ सहयोग स्वरुप उपलब्ध गराउने भएको छ । संघको २६ तारिख आइतवार विहान बसेको आपतकालिन वैठकले सो रकम उपलब्ध गराउने निर्णय गरेको हो । टेलिकन्फ्रेन्स मार्फत भएको उक्त वैठकमा संघका पदाधिकारी, समुदायका अगुवाहरु तथा संञ्चारकर्मीहरुले भुकम्पबाट पिडितजनहरुको लागि अस्ट्रेलियाबाट छिटो छरितो र प्रभावकारी रुपमा आर्थिक तथा भौतिक सहयोग जुटाउने विषयमा गहन छलफल भएको थियो । वैठकले अस्ट्रेलियाबाट जुट्ने सहयोगलाई व्यवस्थित पार्नका लागि मेडिकल टिम, लजेस्टिक टिम, र फन्ड राइजिङ टिम गठन गर्ने निर्णय गरेको छ । earthquick nepal भुकम्प पिडितहरुको लागि राहत सकंलन गर्न अस्ट्रेलियाका नेपाली सामुदाय संस्थागत र व्यक्तिगत रुपमा आर्थिक सहयोग जुटाउने अभियानमा लागेको छ । विभिन्न संघसंस्था र व्यक्तिहरुले सामाजिक संञ्जालमार्फत सहयोगको लागि अपिल मात्र होइन सहयोगको थालनी गरिसकेका छन् । यसै बिच अस्ट्रेलियामा सिड्नी बिजनेस हाउसका डाइरेक्टर मेघराज श्रेष्ठले ५ हजार अस्ट्रेलियन डलर सहयोग गरेका छन् । सहयोग गर्ने क्रम बढ्दो छ । यसै विच एनआरएन अन्र्तराष्ट्रिय समन्वय समितिको हिजै बसेको आपतकालिन वैठकले भुकम्प पिडित जनताको राहतको लागि प्रवासमा रहेका नेपालीहरुलाई सहयोगको लागि अपिल गरको थियो । वैठकमा एनआरएन अध्यक्ष शेष घले दम्पत्तिले २ करोड रुपैयाँ सहयोग स्वरुप उपलब्ध गराउने घोषणा गरे । त्यसैगरि उपाध्यक्ष भवन भटट्ले १ करोड तथा महासचिव कुमार पन्तले १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । अस्ट्रेलियाका लागि नेपाली राजदुत रुद्र कुमार नेपालले भुकम्प पिडितहरुको सहयोगको लागि अस्ट्रेलियन सरकारसँग पहल भैरहेको जानकारी नेपाल न्युज अस्ट्रेलियालाई बताए । उनका अनुसार यहाँको सरकारी निकाय, नेपाली सामुदायिक संघसंस्था र नेपाल सरकारसँग सम्पर्कमा रहेर कार्य अगाडि बढाइएको नेपालले बताए । एनआरएन अस्ट्रेलियाले एक प्रेस विज्ञप्ती जारी गरि नेपालमा आएको महाविनासकारी भुकम्प पिडित नेपालीहरुका लागि सकेको आर्थिक सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । सहयोग गर्न निम्न बैक खातामा सहयोग रकम जम्मा गर्न सकिने छ । Account name- NRNA Australia Earthquake Relief BSB: 032 006 Ac Name: 595 128
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।