नेभिगेशन
अन्य

महाभूकम्पमा मर्नेको संख्या ६८६ पुग्यो, राजधानीमामात्रै ५ सयको मृत्यु

काठमाडौं । गृहमन्त्रालयका अनुसार महाभूकम्पमा मर्नेको संख्या ६८६ पुगेको छ । तथ्यांक अपडेट गर्ने काम भइरहेको गृहले जनाएको छ । महाभूकम्पमा काठमाडौं उपत्यकामा मात्रै ५०० बढीको मृत्यु भइसकेको छ । प्रहरीका अनुसार काठमाडौंमा २५०, भक्तपुरमा १५० र ललितपुरमा १ सय बढीको मृत्यु भएको छ । मृतकको संख्या अझैं बढ्न सक्ने अनुमान गरिएको छ । CDbErxGUUAAo-c4यसैगरी,भूकम्पमा परी काभ्रेमा ५४, धादिङमा ३५, मकवानपुरमा ९, ओखलढुंगामा १०, रामेछापमा ५, भोजपुरमा २, नुवाकोटमा ६, गोर्खामा १२ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । हजारौ घाइतेको राजधानीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा इमर्जेन्सी प्रमुख प्रताप नारायण प्रसादका अनुसार अस्पतालमा ५० देखि ६५ शव छ । CDbsSlCWgAETOXFतीनसय बढी घाइतेको उपचार गराइरहेका छन् । अस्पतालको चौरमा राखेर घाइतेको उपचार भइरहेको छ । राजधानीको किष्ट अस्पतालमा १७ जनाको शव राखिएको छ । ६२ घाइतेको किष्टमा उपचार भइरहेको छ । राजधानीका बीर, पाटनलगायत सबै अस्पतालमा बिरामीको उपचार भइरहेको छ । घाइतेको पूर्ण विवरण आइसकेको छैन् ।CDbEsf0UkAAHrTR पुराना बस्ती बसन्तपुर, ठमेल, नरदेवी, झोंछेलगायतका स्थानमा बढी क्षति भएको छ । भूकम्पका कारण ऐतिहासिक धरहरा ढलेको छ । बसन्तपुर र पाटन दरबार स्क्वायर ध्वस्त भएका छन् । भयका कारण घरबाट निस्किएका सर्वसाधारण खुला चौर र सडकमा आएर बसिरहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै