नेभिगेशन
अन्य

देशभर बिनाशकारी भुकम्प, सयौं हताहत अर्बौंको क्षती,धरहरा ध्वस्त

काठमाडौं । करिब १२्र बजे आएको भुकम्पले देशभरको जनजिवन प्रभावीत भएको छ । लमजुङ केन्द्रविन्दु भएर आएको भुकम्पले देशभर क्षती पु¥याएको छ । ७।५ रेक्टर स्केलको भूकम्पले सवैभन्दा धेरै क्षती राजधानीमा पु¥याएको छ । राजधानीका धेरै स्थानमा बर्षौदेखि कच्चा अवस्थामा रहेका घर र पर्खालहरु भत्किएका छन् भने कतिपय स्थानका पक्कि सडकहरु फाटेका छन् । राजधानीका अधिकांश अस्पतालमा घाईतेहरुको घुईचो लागेको छ । पटक–पटक भुकम्पको धक्का आईरहेको हुनाले अस्पतालहरुले बाहिर खुल्ला ठाउँमा राखेर उपचार गराईरहेका छन् । आकस्मिक उपचार समेत अस्पतालहरुले बाहिरै गरिरहेका छन् । ठुलो भुकम्प गएपछि त्रसित भएका राजधानीवासीहरु अहिले खुल्ला स्थानमा जम्मा भएर बसिरहेका छन् । राजधानीको ऐतिहासीक धरहरा ध्वस्त भएको छ । आज शनिवार भएकाले धरहरा चढ्ने मानिसहरुको घुँईचो लागेको हुनाले क्षतिको यकिन विवरण आउन सकेको छैन । दरबार हाईस्कुलको केही भु–भाग भत्केको छ भने असन र पाटन क्षेत्रमा ठुलो क्षती पुगेको छ । राजधानीमा मानविय उद्धारको कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै