नेभिगेशन
अन्य

आज नवौं लोकतन्त्र दिवस

काठमाडौं । दोस्रो लोकतान्त्रिक जनआन्दोलन सम्पन्न भएको दिन वैशाख ११ गते आज मुलुकभर विभिन्न कार्यक्रमका साथ लोकतन्त्र दिवस मनाइँदैछ । २०६२/६३ को आन्दोलन २०६३ साल वैशाख ११ गते सम्पन्न भएका कारण उक्त दिनलाई लोकतन्त्र दिवसका रुपमा लिइएको छ । नेपालमा दश वर्षसम्म सशस्त्र युद्धमा रहेको माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रुपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रुपमा लिइन्छ । यसैका जगमा तत्कालीन नेकपा माआवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न गरी जारी गरिएको नेपालको अन्तरिम संविधान २०६३ र नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको घोषणा गरिएको थियो । देशलाई समृद्धिको मार्गमा उन्मुख गराउन संविधानसभा सम्मको यात्रा यही आन्दोलनको उपलब्धि स्वरुप अघि बढे पनि अबरुद्ध संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पु¥याउनु अहिलेको मुख्य चुनौती बनेको छ । दोस्रो लोकतान्त्रिक जनआन्दोलनको सफलताका लागि जनताका तर्फबाट धेरै बलिदानी गरिए पनि देशमा जारी अस्थिरताले सबैलाई चिन्तित बनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै