नेभिगेशन
अन्य

बालकृष्ण ढुंगेलसंग सम्बन्धी अर्को मुद्दापनि १२ वर्षपछि ब्युँतियो

काठमाडौं । सर्वोच्च अदालतले सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्यविधीका सम्बन्धमा गरेको फैसलाका बारेमा माओवादी पार्टीहरुले बिरोध जनाइरहेका छन् । यही बेलामा पुनरावेदन अदालत जनकपुरले रामेछापका गणेशकुमार श्रेष्ठको घटनामा अदालतले अनुसन्धान अघि बढाउन प्रहरीलाई आदेश दिएको छ । यो संगै एमाओवादीका पूर्व सभासद बालकृष्ण ढुंगेलको अर्को मुद्दा फेरि १२ बर्षपछि ब्यूतिँएको छ । न्यायाधिश पुरुषोत्तम भण्डारी र मेघनाथ भट्टराईको संयुक्त इजलासले छ महिनाभित्र अनुसन्धान पूरा गरी दोषीउपर कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्ला सरकारी कार्यालय रामेछापको नाममा परमादेशको आदेश जारी गरेको हो । पीडितका तर्फबाट मंगलबार अधिवक्ता गोविन्द शर्मा बन्दी, पुष्पराज पौडेल, राजकुमार महासेठ र सिताशरण मण्डलले बहस, गरेका थिए । भाइ उज्जनकुमार श्रेष्ठको हत्यामा एमाओवादी नेता बालकृष्ण ढुंगेल लगायतविरुद्ध जाहेरी दिएकै कारण श्रेष्ठको माओवादी कार्यकर्ताले गोली हानी हत्या गरेको पीडित परिवारको दावी छ । गणेशकुमारको हत्यामा टिका सुनुवार, रक्तिम लामा र अन्य नचिनिएका छ जनाविरुद्ध गणेशका दाजु राजकुमारले २०५९ सालमा रामेछाप प्रहरीमा किटानी जाहेरी दिएका थिए । तर, १२ बर्षसम्मपनि प्रहरीले प्रक्रिया अगाडि नबढाएपछि पीडित परिवारले फागुन ६ गते रिट दायर गरेका थिए । जसमा अदालतले कारबाही अगाडि नबढाउनुको कारण १५ दिनभित्र पेश गर्न जिल्ला प्रहरी कार्यालय रामेछापलाई आदेश दिएको थियो । प्रहरीले चित्तबुझ्दो कारण पेश गर्न नसकेपछि अदालतको यो आदेश आएको बताइएको छ । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ साल असार १० गते हत्या भएको थियो । उनका दाइ गणेशकुमार श्रेष्ठको २०५९ साल मंसिर ६ गते खेतमा काम गरिरहेको अबस्थामा रामेछापको साँघुटारमा हानी हत्या गरिएको थियो । उज्ज्नकुमारको हत्या प्रकरणमा एमाओवादीका पूर्वसभासद् बालकृष्ण ढुंगेल लगायतलाई सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला गरिसकेको छ । पूर्वसभासद् ढुंगेलकै योजनामा युद्धकालमा गणेशकुमारको पनि हत्या गरिएको परिवारको दाबी छ । अधिवक्ता पुष्पराज पौडेलका अनुसार, घटनाको १२ बर्षपछि यो मुद्दा ब्युतिँएको छ । घटनाका दोषीउपर दायर गरिएको किटानी जाहेरीमा १२ बर्षसम्म पनि प्रहरीले प्रक्रिया अगाडि नबढाएपछि यसअघि पीडित परिवारले फागुन ६ गते दायर गरेको रिट निवेदनमा पुनरावेदन अदालतले कारबाही अगाडि नबढाउनुको कारण १५ दिनभित्र पेश गर्न जिल्ला प्रहरी कार्यालय रामेछापलाई आदेश दिएको थियो । प्रहरीले चित्तबुझ्दो कारण पेश गर्न नसकेपछि अदालतको यो आदेश आएको हो । उज्जनकुमारको हत्या प्रकरणमा बालकृष्ण ढुंगेलसँगै दोषी ठहरिएका पुष्कर गौतम जेल चलान भइसकेका छन् । तर, ढुंगेललाई राजनीतिक आवरणमा अहिलेसम्म उन्मुक्ति दिइएको छ । यसले विधिको शासनकै ठाडो उल्लंघन गरेको छ ।,
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै