नेभिगेशन
अन्य

दुर्घटनामा परी १२ तीर्थयात्रुको मृत्यु

गजुरी । भारतीय तीर्थयात्रु बोकेको बस काठमाडौँतर्फ आउँदै गर्दा त्रिभुवन राजपथको झ्याप्ले खोलामा दुर्घटना हुँदा १२ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । आज बिहान ७ः३० बजे नौबिसे गाविसको झ्याप्ले खोलास्थित सडकबाट ३०० मिटर खोल्सामा खस्दा सो दुर्घटना भएको हो । जि जेड १४ एक्स ९९०० नम्बरको दुईतले बस दुर्घटना हुँदा सात महिला र पाँच पुरुषको मृत्यु भएको जानकारी जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक वासुदेव थापाले दिए । घाइतेलाई उपचारका लागि काठमाडौँको वीर अस्पताल तथा शिक्षण अस्पतालमा पठाइँदै गरेको प्रहरीले जानकारी दिएको छ । मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनाको कारण र अन्य विस्तृत विवरण आउने बाँकी छ । गाडीमा ४५ जना सवार थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै