नेभिगेशन
अन्य

नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प)को दशौं वार्षिकोेत्सव जाकर्तामा सुरु

काठमाडौं । विश्वका खासगरी विकसित एवम् शक्ति सम्पन्न देशको सम्पूर्ण ध्यान यतिखेर इन्डोनेसियाको जाकर्ता सहरले खिचेको छ । खासगरी भूपरिवेष्टित, असंलग्न आन्दोलन, पञ्चशील सिद्धान्त तथा अतिविकासोन्मुख देशबाट विकासशील देशको स्तरोन्नतिमा उक्लन लागेका देशको ऐतिहासिक सम्मेलनको निष्कर्षको पर्खाइमा सिङ्गो विश्व नै उत्सुकतामा छ । ‘विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण’ भन्ने नाराका साथ नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशाँै वाषिर्षोत्सव समारोह इन्डोनेसियाको राजधानी जाकर्ताको जाकर्ता सभागृहमा आजदेखि सुरु भएको छ । दक्षिण–दक्षिण सहयोग सबलीकरण गरी सामूहिक चुनौती समाधान गर्ने ध्येयले आयोजित सो दुईदिने सो सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिइरहेका छन् । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सम्मेलनमा सहभागि विशिष्ट पाहुनालाई सभास्थलमा स्वागत गरे । आफ्नो उद्घाटन मन्तव्यमा उनले विश्वमा शान्ति, समृद्धि, दिगो आर्थिक एवम् सामाजिक विकास गरी गरिब जनताको जीवनस्तर माथि उठाउन सामूहिक प्रतिबद्धताको खाँचो औंल्याए । सम्मेलनअन्तर्गत आज नै प्रधानमन्त्री कोइरालाले एउटा सभाको सहअध्यक्षता गर्ने कार्यक्रम रहेको छ । साथै चीनका राष्ट्रपति सि जिनपिङसित प्रधानमन्त्री कोइरालाले भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ । यसअघि सम्मेलनअन्तर्गत वरिष्ठ अधिकारी तथा मन्त्रिस्तरीय बैठक सम्पन्न भएका थिए । ती सम्मेलनबाट पारित भएका कार्यसूचीलाई सम्मेलनले अन्तिम रुप दिने छ । यस पटकको सम्मेलनबाट तीन प्रमुख दस्तावेज–वाङ्डुङ सन्देश, नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारीको पुनर्जीवन तथा प्यालेस्टाइनलाई एसियाली–अफ्रिकी मुलुकको समर्थनसम्बन्धी घोषणापत्र जारी गर्ने लक्ष्य राखिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै