नेभिगेशन
अन्य

धरापमा परेको वायु सेवा निगम खर्चमा मन्त्री डुलेको डुल्यै

काठमाडौं । पर्यटन मन्त्री बनेको आठ महिना नवित्दै दिपकचन्द्र अमात्य नेपाल बायुसेवा निगमको खर्चमामात्र चार पटक भ्रमणमा निस्किसकेका हुन् । आफ्नो मन्त्रालय मातहतका निकायहरु प्रमुख विहीन भएर बेवारिसे तालमा चलिरहेका बेला आमात्य पछिल्लो पटक हङकङ उडेका हुन् । एक महिनाभित्र निगमको खर्चमा उनले हङकङ उडान गरेको यो दोस्रो पटक हो । पयर्टन क्षेत्रका स्तम्भ मानिने पर्यटन बोर्ड, निगम र नागरिक उड्डयन प्राधिकरण प्रमुखविहीन छन् । तिनको बैकल्पिक उपाय दिन नसकिरहेका आमात्यले स्टेशन निरीक्षण गर्ने बाहानामा मंगलबार फेरी हङकङ गएका हुन् । एक महिनाअघि चीनजादा हङकङसमेत गएका थिए । चैत्रको अन्तिम सातामात्र उनी बैंकक गएका थिए । एयर बस ल्याउने बहानामा उनी श्रीमतिसहित माघको तेस्रो साता जर्मनी गएका थिए । निगम स्रोतअनुसार उनले निगमकै खर्चमा दिल्ली, दोहा र क्वालालाम्पुर भ्रमण गर्ने तय भईसकेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै