नेभिगेशन
अन्य

‘संक्रमण लम्बिदा दक्षिणपन्थी उत्साहित’

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सङ्क्रणकाल लम्बिदै जाँदा गणतन्त्र, लोकतन्त्र, सामाजिक न्याय, सङ्घीयता र समावेशिता जस्ता उपलब्धिहरू नै सङ्कटमा पर्न थालेको टिप्पणी गरेका छन् ।कम्यूनिष्ट पार्टीको ६७ औ स्थापना दिवसको अवसरमा मंगलबार वक्तव्य जारी गर्दै ओलीले छिटो संविधान जारी गरे मात्र यी उपलब्धी जोगाउन सकिने उल्लेख गरेका छन् । कम्यूनिष्ट पार्टी स्थापनाको बुधबार ६७ औ बर्ष पुग्दैछ । संविधान जारी नहुदा पश्चगामी शक्तिहरू उत्साहित र क्रियाशील देखिन थालेको धार्मिक संवेदनशीलता, जातीयता र क्षेत्रीय अतिवादमाथि आधारित दक्षिणपन्थी गतिविधि बढ्न थालेको ओलीको निष्कर्ष छ । ‘उग्रवामपन्थी राजनीतिको पराजयपश्चात् फेरि एकपल्ट हिंसाका प्रयाशहरू पनि सुरु हुन थालेका छन् । कतै–कतै पृथकतावादको बिजारोपण गर्ने प्रयास पनि देखिन थालेको अनुभूति गर्न थालिएको छ’ ओलीले भनेका छन् । सहमतिका लागि आफ्ना जातीय र क्षेत्रीय अतिवादी मान्यता तथा सङ्कीर्णता त्याग गर्न पनि तयार नहुने र संविधान, विधि र अभ्यासको आधारमा प्रक्रियासम्मत् ढङ्गले संविधान निर्माण गर्न पनि बाधा पुर्‍याउने एमाओवादी(मधेसकेन्द्रित दलहरूका कारण संविधान जारी गर्ने ढिलाई भइरहेको ओलीको आरोप छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...