नेभिगेशन
अन्य

तीन महिना भित्र स्ववियु चुनाव गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव तीन महिना भित्र गराउन परमादेश दिएको छ । प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र चोलेन्द्र शमशेर जबराको इजलासले सरकार र त्रिभुवन विश्वविद्यालयलाई आदेश दिएको छ । यसअघि सर्वोच्चले तत्कालिन स्ववियु पदाधिकारीलाई कुनैपनि कामकारबाही नगर्न अन्तरिम आदेश दिएको थियो । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुन नसकेपछि, अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (छैँटौ)का विमल प्रसाद पोखरलेले जेठ ३२ मा रिट दिएका थिए।उक्त रिटमा अन्तिम सुनुवाई गर्दै सर्वोच्चले मंगलबार तीन महिना भित्र विद्यार्थी युनियनको चुनाव गराउन परमादेश जारी गरेको हो । सर्वोच्चले यो आदेश जारी गरेपछि त्रिविलाई चुनाव गराउनैपर्ने बाध्यता सिर्जना हुनेछ । देशभरका त्रिविका आंगीक क्याम्पसहरुमा ६ वर्ष यता विद्यार्थी यूनियनको चुनाव हुन सकेको छैन । विद्यार्थी संगठनले पटकपटक यूनियनको चुनाव माग गरेपनि हुन सकेको थिएन । त्रिविले गत जेठमा घोषणा गरेको निर्वाचन समेत स्थगीत गरेको थियो। त्यसपछि अनिश्चितकालका लागि निर्वाचन रोकिएको थियो । स्ववियु निर्वाचन प्रत्येक दुई÷दुई वर्षमा हुनुपर्ने त्रिवि ऐनमा प्रावधान छ । कुनै कारणबस चुनाव हुन नसके थप २ वर्ष पहिलेकै निर्वाचित पदाधिकारीले काम गर्न पाउने व्यवस्था समेत छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै