नेभिगेशन
अन्य

स्वाइन फ्लुका तेह्र नयाँ बिरामी थपिए

रत्ननगर । चितवनमा स्वाइन फ्लुका १३ जना नयाँ बिरामी फेला परेका छन् । पछिल्लो प्रतिवेदनअनुसार १३ मध्ये चितवन नै घर भएका १० र चितवनमा उपचारका लागि आएका नवलपरासीका दुई तथा उदयपुरका एक बिरामी पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए । कुल ५६ को नमुना परीक्षणमा १३ मा पुष्टि भएको र अझै ५३ जनाको परीक्षण प्रतिवेदन आउन बाँकी रहेको केसीले बताए । गत चैत तेस्रो सातासम्ममा १५३ मा फ्लु पुष्टि भएको थियो । आज नयाँ बिरामी थपिएपछि स्वाइन फ्लु सङ्क्रमितको सङ्ख्या १६६ पुगेको छ । चितवनमा पहिलो चरणको परीक्षणमा शङ्कास्पद देखिएकाको नमुना इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखा काठमाडौँमा थप परीक्षणका लागि पठाइन्छ । अहिलेसम्म जिल्लाबाट ५०३ को नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको थियो । तीमध्ये १६६ मा फ्लु पुष्टि भएको हो । चितवनमा उपचार गराएका स्वाइन फ्लुका बिरामीमध्ये आजसम्म चितवनका १३८, नवलपरासीका १७ जना छन् भने उदयपुर, रौतहट, जनकपुर, कास्की, गोर्खा, रुपन्देही, पर्सा, तनहुँ, महोत्तरी, बारा र काभ्रेका एक–एकजना बिरामी छन् । स्वाइन फ्लु लागेका बिरामीमा सुरुमा रुघा लाग्ने, जीउ दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्षण हुन्छ । यस्तो देखिएमा अस्पताल गएर उपचार गराउने चिकित्सक डा भोजराज अधिकारीले सर्वसाधारणलाई आग्रह गरेका छन् । पछिल्लो समयमा भने सङ्क्रमित बिरामीको सङ्ख्या घट्दो क्रममा छ । चितवनमा यसको विशेष उपचारकक्ष निर्माण गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...