नेभिगेशन
अन्य

नेपाली सेनामा आठलाख व्यक्ति आश्रीतः प्रधानसेनापति

बुटवल । नेपाली सेनाका प्रधान सेनापति गौरव शमसेर राणाले नेपाली सेनाको काँधमा वहालवाला सैनिकको मात्र नभई अवकास प्राप्त सैनिक र सेनाबाट आश्रीत करिब आठलाख व्यक्तिको भरण पोषणको जिम्मेवारी रहेको बताएका छन्। नेपाली सेनाको बुटवलस्थित २२ नं बाहिनीमा आयोजित अवकाश प्राप्त सैनिकहरुको क्षेत्रीय सम्मेलनलाई सम्वोधन गर्दै प्रधान सेनापती राणाले नेपाली सेनामा आठलाख व्यक्ति आश्रीत रहेको र तिनको व्यवस्थापनका लागि नेपाली सेना कल्याणकारी बोर्ड सक्रिय रहेको उल्लेख गरे। राणाले नेपाली सेना कल्याणकारी बोर्डले अवकाश प्राप्त सैनिक र सेनाका एकल महिलाको बैकल्पीक रोजगारीको खोजी, उनीहरुको क्षमता अभिबृद्धीमा काम गरीरहेको बताए। ‘अवकास प्राप्त सैनीक र तिनका परिवारको दिगो व्यवस्थापन, आत्मनिर्भर, परिणाममुखी र रोजगारमुखी कल्याणकारी बोर्ड तथा कल्याणकारी कोष आफ्नै लागि हो भन्ने अनुभूती सबै सैनिकमा दिलाउने काममा नेपाली सेना लागिपरेको छ,’ उनले भने। कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत चित्र बहादुर गुरुङले नेपाली सेनामा अवकाश प्राप्त ६५ हजार र करिव १३ हजार एकल महिलाका लागी बिशेष आर्थिक अभियान सञ्चालन गरिएको जानकारी दिदै आगामी ५ बर्ष भित्र सिप मुलक तालिम सञ्चालन गरी उनीहरुलाई उत्पादन मुलक क्षेत्रमा सक्रिय बनाईने बताए। उनले अहिले सम्म कल्याणकारी बोर्ड मार्फत करिव ३ हजार व्यक्तिलाई सहुलियत व्याजमा ऋण उपलब्ध गराईएको जानकारी दिँदै अवकाश प्राप्त सैनिकहरुको आय आर्जनका लागि साढे ४ अर्ब लगानी गर्ने योजना रहेको बताए। सो अवसरमा प्रधानसेनापति राणाले शारीरिक रुपले अशक्त अवकाश प्राप्त सेनाका जवान तथा अधिकृतहरुलाई ह्विल चियर बितरण गर्नुका साथै बिभिन्न व्यवसायमा संलग्न अवकाश प्राप्त सैनिकहरुलाई सहुलीयत दरमा प्रवाह गरिएको ऋणको चेक हस्तान्तरण गरेका थिए। क्षेत्रिय सम्मेलनका अवसरमा लुम्विनी अञ्चलका ६ वटै जिल्लामा रहेका गणहरुले स्थानीय कला र संस्कृति झल्कीने झाँकी प्रस्तुत गरेका थिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...