नेभिगेशन
अन्य

प्रधानमन्त्री सुशील कोइराला इण्डोनेशिया प्रस्थान

काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला इन्डोनेसियाको जकार्ता र वाङ्डुङमा आयोजना हुने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी, नास्पको दशाँै वार्षिकोत्सवमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन् । ‘विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण’ भन्ने नाराका साथ नास्पको सम्मेलन वैशाख ९ र १० गते इण्डोनेशियाको जकार्तामा हुँदैछ । यसैगरी एसियाली–अफ्रिकी सम्मेलनको ६० औँ वार्षिकोत्सव वाङ्डुङ सहरमा वैशाख ११ मा हुदैछ । नेपालले सन् १९५५ मा सम्पन्न पहिलो एसियाली–अफ्रिकी सम्मेलनदेखि नै यसमा सक्रिय सहभागिता जनाउँदै आएको छ । यसै सम्मेलनले जन्मदिएको पञ्चशीलको सिद्धान्तले विश्वमा शीतयुद्धको अन्त्य गरी दिगो शान्ति, समृद्धि, सहअस्तित्व र असंलग्नतामा नयाँ उचाइ थपेका कारण वाङ्डुङ सम्मेलनलाई ऐतिहासिक सम्मेलनका रूपमा लिइन्छ । समारोहमा एसिया तथा अफ्रिकी महादेशका १०९ देश र १६ पर्यवेक्षक मुलुकका प्रतिनिधि तथा २५ अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिको सहभागिता रहनेछ । एसियाली तथा अफ्रिकी मुलुकबीचको साझेदारीलाई अझ बलियो बनाउने तथा दुवै क्षेत्रको आर्थिक विकास विस्तार गर्न अनुभव आदानप्रदान गर्ने दुवै सम्मेलनको लक्ष्य छ । पहिलो दिन सम्मेलनको उद्घाटन भाषण इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले गर्नुहुनेछ भने सोही दिन प्रधानमन्त्री कोइरालाले सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । सोही दिन प्रधानमन्त्री कोइरालाको सम्मानमा इन्डोनेसियाका राष्ट्रपतिले रात्रिभोज दिने कार्यक्रम छ । उद्घाटन भाषणमा मन्तब्य दिने प्रधानमन्त्री कोइरालाले वैशाख १० गतेको समापन समारोहलाई पनि सम्बोधन गर्नेे कार्यक्रम छ । सम्मेलनमा सहभागी हुन आएका समकक्षीहरूसँग पनि प्रधानमन्त्री कोइरालाको भेटघाट कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनअन्तर्गत मन्त्रिस्तरीय बैठकमा भाग लिन परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे शनिबार र सरकारी अधिकृतस्तरीय बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास बैरागी वैशाख ४ गते त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै