नेभिगेशन
अन्य

कांग्रेसका दुईथरि मौरी छन् : उपसभापति पौडेल

तनहुँ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाली कांग्रेसमा दुईथरि मौरी रहेको बताउनुभयो । उहाँले तनहुँमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसमा रहेका भाले मौरीले बसेरमा मात्र खाएको बताउनुभयो । उहाँले आफुले पार्टी र संगठनमा पोथी मौरीले जस्तै दुख गरेको र गरिरहने बताउनुभयो । उपसभापति पौडेलले भन्नुभयो– ‘नेपाली कांग्रेसका दुईथरि मौरी छन्, एकथरि भाले मौरी जस्ता जो बसेरमा मात्र खाने, अर्को थरि पोथी मौरी जस्ता सधै काम गरिरहने ।’ उपसभापति पौडेलले आफु सधै पार्टी भित्र भागबण्डाको राजनीतिको बिरोधमा रहेको बताउदै पार्टीको १३ औं महाधिवेशनमा आफु भागबण्डाको राजनीतिक अन्त्य गर्ने तर्फ लाग्ने स्पष्ट पार्नुभयो । उहाँले एमाओवादी लचक भएकाले संविधान लेखन प्रक्रिया अब सहमतिमा नै बढ्ने समेत दाबि गर्नुभयो । उहाँले भन्नुभयो– ‘एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल जी संविधान लेखनका लागि अत्यन्तै सकारात्मक देखिएको मैले पाएको छु, अब सहमतिमा नै संविधान लेखन प्रक्रिया अगाडि बढ्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...