नेभिगेशन
अन्य

‘२०७२ साल संविधान घोषणाको वर्ष हुन्छ’

सिड्नी । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले २०७२ सालभित्र देशले नयाँ संविधान पाउने बताएका छन् । सिड्नीमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा दलहरुबीच धेरै मतान्तर नरहेकोले आपूm यस्तो निष्कर्षमा पुगेको बताए । ‘केही विचारहरु छन् जसका कारण समस्या निम्तिएको छ तिनलाई व्यवस्थापन गर्न सक्छौं भन्ने लाग्छ,’ ज्ञवालीको भनाई छ । प्रवासी नेपाली मञ्च अष्ट्रेलिायको आयोजनामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा उपस्थित विभिन्न संघ संगठनका प्रतिनिधिहरुको प्रश्नको उत्तर दिँदै ज्ञवालीले सर्वसम्मतिमा संविधान जारी हुने अवस्था नभएकोले अधिकतम सहमतिका आधारमा अघि बढ्ने पनि बताए । संविधानमा सहमति हुन नसकेका विषयलाई जनतामा लैजाने र मतका आधारमा भोलिका दिनमा संविधान संशोधन गर्दै अघि बढ्न सकिन्छ भन्ने मान्यतामा सबै आउने हो भने सहमति टाढाको विषय हुन नसक्ने बताए । लोकतन्त्रको सर्वमान्य सिद्धान्तलाई पनि मान्दिन भन्ने केही प्रवृत्तिका कारण र देशभित्र हरेक जाति एउटा राष्ट्र भएको भन्ने गलत व्याख्याका कारण अहिले हलो अड्किएको उनको भनाई थियो । कहिलेकाहीँ सबै गुम्नुभन्दा आधामात्रै जोगाउन सकिन्छ भने पनि अघि बढ्नुपर्छ भन्ने कुरालाई बुझ्न नसक्दा सबै उपलब्धी गुम्ने खतरा उत्पन्न हुनसक्छ भन्दै नेता ज्ञवालीले अहिले गुम्ने होइन दलहरु अलिकति लचकता प्रदर्शन गर्ने अवस्थामा आउने बित्तिकै कम्तिमा हिजोको आन्दोलनका सहयात्री दलहरुबीच सहमति बन्न सक्छ । संघीयताको विरोधीहरु अहिलेको संविधानसभामा निकै कमजोर रहेको र राजतन्त्र माग्नेहरु पनि कम मतमा रहेका कारण आन्दोलनका सहयात्री मिल्नुको विकल्प नरहेको उनको भनाई थियो । कार्यक्रम प्रवासी नेपाली मञ्चका अध्यक्ष विनोद श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । यस्तै कार्यक्रममा संघीय समाजवादी पार्टीका अध्यक्ष गणेश तामांग, निन्फाका अध्यक्ष चित्र तुम्बाहाम्फे, एनआरएन प्रवक्ता मन केसी, एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली, लिबरल फ्रेण्डस अफ नेपालका अध्यक्ष श्री नापित, न्यू साउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्का लगायत अतिथिहरुको उपस्थिति रहेको थियो । यस्तै जनसम्पर्क समिति अष्ट्रेलियाका प्रतिनिधि छिरिंग लामा, एनडीएफका प्रतिनिधि सुरेन्द्र सिग्देल, मानव अधिकार तथा लोकतान्त्रिक मञ्चका महासचिव सीके भुसाल, राजनीतिका प्राध्यापक कृष्ण पोखरेल, कम्युनिष्ट अगुवा प्रेमप्रकाश ओली, नन्दलाल जोशी लगायत अतिथिका रुपमा सहभागि थिए । करिब तीनसाता लामो अष्ट्रेलिया भ्रमणको क्रममा ब्रिसबेनको अन्तरक्रिया सम्पन्न गरी सचिव ज्ञवाली अहिले सिड्नीमा छन् भने अब अष्ट्रेलियाका अन्य राज्यमा पनि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको र तिनमा नेपाली समूदायका प्रतिनिधिहरुसँग सचिव ज्ञवालीले साक्षात्कार गर्ने प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका सचिवालय सदस्य रमेश पाण्डेले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।