नेभिगेशन
अन्य

संविधानको मस्यौदा लेखन अगाडि बढाउन तीन दल सहमत

काठमाडौं । संविधानका विवादीत बिषयमा सहमतिको जिम्म तीन शीर्ष नेतालाई दिदै वैशाख १० गतेबाट नयाँ संविधानको मस्यौदा लेखन प्रक्रिया अघि बढाइन प्रमुख तीन दल सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकले सहमति भएका विषयहरुलाई मस्यौदा समितिमा पठाउने र मिल्न बाँकी विषयमा सहमतिको प्रस्यास जारी राख्ने सैद्धान्तिक सहमति भएको हो । यससँगै १० गते बस्ने संविधानसभाको बैठकले कुनै न कुनै ढंगले अब संविधानको मस्यौदा लेखन प्रक्रिया अघि बढाउने भएको छ । एमाले प्रमुख सचेतक अग्नि खरेलका अनुसार माघ ५ गते भएको सहमतिलाई मूर्तरुप दिएर मस्यौदामा पठाउने र मिल्न बाँकी विषयमा छलफल गर्दै जाने बिषयमा एमाओवादी पनि सैद्धान्तिक रुपमा सहमत भएपछि मस्यौदा लेखन प्रक्रिया अगाडि बढाइने भएको हो । यसैबीच बैठकले सहमति नजिक पुगेका न्याय प्रणाली, निर्वाचन प्रणाली, शासकीय स्परुप र संघीयताबारे सहमति खोज्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले आफू सोमबार नै इण्डोनेसिया भ्रमणमा जाने भएकाले पार्टीका नेतालाई जिम्मेवारी दिने बताएका छन् । उनीहरुले संविधानका विवादित विषयमा तीन दिनभित्र सहमति खोज्ने जिम्मा पाएका छन् । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार वैशाख १० गते संविधानसभाको बैठक बस्नु अगावै सहमति वा विकल्प पेश गर्न शीर्ष नेतालाई भनिएको छ । ९ दिने भ्रमणका लागि सोमबार नै इन्डोनेसिया जाने भएकाले प्रधानमन्त्री सुशील कोइरालाले कांग्रेसका तर्फबाट शीर्ष तहमा गर्ने छलफलको जिम्मा कुनै एक नेतालाई दिनेछन् । संघीयताबाहेकका विषयलाई मस्यौदा गर्दै जाने निर्णय गरेका कांग्रेस–एमालेले एमाओवादीसँग ठोस वार्ता गर्ने निर्णय आइतबार गरेका थिए । आइतबार नै एमाओवादी बैठकले सहमतिका लागि लचक हुँदै वार्ता गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै