नेभिगेशन
अन्य

स्वाइन फ्लुबाट वैदेशिक रोजगार व्यवसायी बटाजुको निधन

काठमाडौं । राजधानीको धापासी स्थित ग्राण्डी अस्पतालमा फेरि अर्का एमा जनाको उपचारका क्रममा निधन भएको छ । एमाले नेता रामनाथ ढकालको पनि स्वाइफ्लुका कारण निधन भएको दुईसातापछि वैदेशिक रोजगार व्यासायी संघका पूर्वअध्यक्ष सोमलाल बटाजुको निधन भएको हो । बटाजुको स्वाइन फ्लुका कारण आइतबार राति निधन भएको बताइएको छ । बटाजु दुईसाता अघि नै ग्राण्डी अस्पतालमा भर्ना भएका थिए । धापासीस्थित चर्चित एसओएस म्यानपावरका सञ्चालकसमेत रहेका बटाजुको आइतवार राति दुईबजेतिर निधन भएको हो । बटाजुलाई उपचारका लागि भारत लैजान खोजिएको भए पनि स्वाइफ्लु संक्रमितलाई उताबाट चासो नदिएकाले लैजान नसकिएको पारिवारिक स्रोतले बतायो । जाजरकोटमा महामारीको रुपमा फैलिएको स्वाइन फ्लुले काठमाडौंमा पनि विरामीको मृत्यु हुन थालेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै