नेभिगेशन
अन्य

चन्द माओवादीद्धारा तीन सय रोपनी जग्गा कब्जामा

सिन्धुपाल्चोक । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले सिन्धुपाल्चोकका विभिन्न गाविसमा रहेको ३ सय रोपनी जग्गा कब्जामा लिएका छन् । माओवादी सशस्त्र युद्धका बेला कब्जा गरेको जग्गा भूमाफियाले बेचबिखन गर्न लागेको भन्दै बाध्य भएर आफूहरुले जग्गा कब्जामा लिएको माओवादीले जनाएको छ । सिन्धुपाल्चोकको भीमटार–२, ३ र ५, बाँडेगाउँ– ५ र ९ तथा बतासे–२ मा नेत्रविक्रम काजीको नाममा दर्ता भएको ३ सय रोपनी जग्गा माओवादीले कब्जामा लिएको हो । राजनीतिक द्वन्द्वको समाधान भइनसकेको, भूमिसुधार ऐनअन्तर्गत पनि हदबन्दीभन्दा बढीको अवस्थामा रहेको भन्दै माओवादीले जग्गा बेचबिखन गर्न नदिएको हो । सामन्त जमिन्दार र भूमाफियाविरुद्ध वैज्ञानिक र क्रान्तिकारी भूमिसुधार प्रणालीबाट राज्यको नीति नबनेसम्म जग्गा कब्जालाई निरन्तरता दिने चन्द माओवादीका जिल्ला सेक्रेटरी कमल माझीले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...