नेभिगेशन
अन्य

ऊर्जामन्त्री ज्ञवाली चीन प्रस्थान

काठमाडौं । ऊर्जामन्त्री राधा ज्ञवाली चीनको हेनान प्रान्तमा आजदेखि सुरु हुने तेस्रो विश्व औद्योगिक सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति चीनतर्फ प्रस्थान गरेकी छन् । ‘उदीयमान उद्योगः विश्व अर्थतन्त्र वृद्धिमा नयाँ शक्ति’ विषयक सम्मेलनमा भाग लिन हेनानमा एकत्रित भएका चीनको केन्द्रीय तथा प्रान्तीय सरकारका अधिकारीका साथै विश्वका विभिन्न मुलुकका नेतासँग मन्त्री ज्ञवालीले भेटवार्ता गर्ने कार्यक्रम रहेको ऊर्जा मन्त्रालयले आज जनाएको छ । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा विद्युत् विकास विभागका महानिर्देशक दिनेशकुमार घिमिरे, ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्ण पन्थलगायत छन् । आगामी बिहीबार ऊर्जामन्त्री स्वदेश फर्कने कार्यक्रम छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै