नेभिगेशन
अन्य

देशभर आजपनि बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइदै

काठमाडौं । देशभरका बालबालिकालाई आजपनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कार्यक्रमअनुसार वैशाख ६ र ७ गते ६ महिनादेखि ५ वर्षसम्मका लागि भिटामिन ए खुवाउने गरिन्छ । यस्तै, एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने बाल स्वास्थ्य महाशाखाले जनाएको छ । नगरपालिका र गाविसका हरेक वडामा तोकिएका केन्द्रहरूमा भिटामिन ‘ए’ जुकाको औषधी खुवाउने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ । यसका लागि स्वास्थ्य स्वयम्सेविकाहरूलाई परिचालन गरिएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...