नेभिगेशन
अन्य

न्यायाधीश नियुक्तीको सिफारिस गर्न न्याय परिषद बैठक बस्दै

काठमाडौं । रिक्त न्यायाधीश नियुक्तिको सिफारिसबारे छलफल गर्न न्याय परिषदको बैठक आइतबार बस्दैछ । दिउँसो २ बजेपछि बस्ने परिषद बैठकमा सर्वोच्च अदालतमा रिक्त ३ स्थायीसहित अस्थायी न्यायाधीश नियुक्तिको विषयमा छलफल हुने परिषदले जनाएको छ । परिषदका सचिव कृष्ण गिरीले माथिल्लो निकायदेखि तल्लो निकायसम्म नियुक्त गर्ने एजेण्डा अनुसार पहिला सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिको सिफारिस हुने जानकारी दिए । सर्वोच्च अदालतमा ३ स्थायी न्यायाधीश पद रिक्त छ । मुद्दाको चाप अनुसार अस्थायी न्यायाधीशहरु नियुक्त गर्न सकिने संवैधानिक व्यवस्था भएकाले सोही बमोजिम नियुक्तिको सिफारिस गर्ने तयारी परिषदको छ । वार एशोसिएसनले आफ्नो तर्फबाट पठाउने एक सदस्य सिफारिस गर्न नसकेपनि न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउने परिषदको तयारी छ । आन्तरिक विवादका कारण चार महिना हुँदासम्म बारले आफ्नो तर्फबाट परिषद सदस्य सिफारिस गर्न सकेको छैन । केहि दिन न्यायपरिषदका सदस्य एंव कानुनमन्त्री नरहरी आचार्य चीन भ्रमणमा रहेकाले परिषद बैठक बस्न ढिलाई भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...