नेभिगेशन
अन्य

सत्तारुढ कांग्रेस एमाले बैठक वालुवाटारमा

काठमाडौं । मुख्य दलका शीर्ष नेताहरुको बैठककको तयारीका लागि सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुका बीचमा छलफल हुनेभएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा दुई दलका शीर्ष नेताहरुको बैठक बिहान १० वजेपछि हुने प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए । मुख्य दलका दोश्रो तहका नेताहरुले संविधानका विवादीत बिषयमा सहमतिको खाका शीर्ष नेताहरुलाई बुझाई सकेको अवस्थामा शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । दलहरुबीच पछिल्लो समय छलफल समेत हुन सकेको थिएन । दुई दलका बीचमा छलफल भएपछि विपक्षी एमाओवादी नेतृत्वको मोर्चाका शीर्ष नेताहरु सहितको बैठक बोलाउन समय तय हुने बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...