नेभिगेशन
अन्य

शनिबार थप दुईको मृत्यु , मृतकको सङ्ख्या २४ पुग्यो

जाजरकोट । जाजरकोटमा फैलिएको सिजनल फ्लु र स्वाइन फ्लुका कारण आज थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नायकवाडा गाविस–८ घर्तीगाउँ का ६१ वर्षीय वीरबहादुर कामी र गर्खाकोट–१ का ६० वर्षीय धने दमाई रहेका छन् । शनिबार बिहान वीरबहादुरको मृत्यु भएको उपस्वास्थ्य चौकी नायकवाडाका स्वास्थ्यकर्मी गणेश खड्काले जानकारी दिए । योसहित मृत्यु हुनेको सङ्ख्य २४ पुगेको छ । स्वास्थ्य संस्थामा औषधिको अभाव यहाँको अर्छानी स्वास्थ्य चौकीमा औषधिको अभाव देखिएको छ । चौरजहारीस्थित मिसन अस्पतालबाट गएको स्वास्थ्यकर्मीको टोलीले उपचार सुरु गरेपनि औषधिको अभावमा उपचार सेवा प्रभावकारी हुन सकेको छैन् । बिरामी स्वास्थ्य शिविरमा उपचारका लागि आउने गरेपनि औषधिको अभावमा समस्या हुँदै गरेको छ । टाउको दुख्ने, ज्वरो, हातखुट्टा दुखाइको सामान्य औषधि उपलब्ध भए पनि एन्टिबायोटिक औषधिको अभाव रहेको डा सुमन राईले जानकारी दिए । अर्छानी शिविर पुगेका बिरामीमध्ये नौजनामा कडा खालको फ्लुसँग मिल्दोजुल्दो लक्षण देखिएको चिकित्सकले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले औषधि पठाइएको भने पनि अहिलेसम्म औषधि नपुगेको डा राईको भनाइ छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै