नेभिगेशन
अन्य

अब जेठ १५ मा संविधान बन्दैन : एमाओवादी अध्यक्ष दाहाल

भैरहवा । आगामी जेठ १५ मा संविधान निर्माण नहुने एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । नवलपरासी एक कार्यक्रममा सहभागी हुन आएका दाहालले भैरहवा गौतमबुद्ध विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सत्ता पक्षका कारण जेठ १५ संविधान निर्माण नहुने बताएका हुन् । आफुहरुले आन्दोलन स्थगित गरेर सहमतिको प्रत्यन गरिरहे पनि सत्तारुढ दलहरुले सत्ताको लोभमा सहमति गर्न नखोजेको आरोप लगाए । नेपाली कंग्रेसको महाअधिवेशन नजिकिँदै गरेको कारण कांग्रेसले अधिवेशन अघि संविधान निर्माण गर्ने कि अधिवेशनपछि संविधान निर्माण गर्नेबारे कांग्रेस अलमलमा परेको दाहालको आरोप छ । दाहालले नेपाली कांग्रेस र नेकपा एमालेले मुलुकलाई पुरानै स्थान लान खोजेको बताउँदै ३० दलीय मोर्चामा विवाद उत्पन्न हुँदासमेत आफुहरुले पटकपटक सरकारलाई संविधान निर्माणका लागि वार्तामा आउन आग्रह गरे पनि सरकारले चासो नदेखाएको गुनासो गरे । सबैभन्दा बढी विवादित विषय राज्य पुनः संरचना भए पनि सो विवाद समाधान गर्न नसकिने आफुहरुलाई नलागेको प्रचण्डले बताए । उनले अहिले संविधानसभाको वैठक बोलाउने र प्रत्यक पटक कुनै संविधान सभा सदस्य वा पूर्वमन्त्रीको निधनका कारण संविधानसभा बैठक स्थगित हुनुलाई बिचित्रताको संज्ञा दिएका छन् । सत्ता पक्षले सत्तामा कसरी टिकी राख्ने र सत्ताको स्वार्थ सत्तारुढ दल लागेको कारण संविधान निर्माणमा कठिनाइ आएको उनले आरोप लगाए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै