नेभिगेशन
अन्य

परराष्ट्रमन्त्री पाण्डे आज जकार्ता जाँदै

काठमाडौ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे एसियाली–अफ्रिकी मन्त्रीस्तरीय बैठकमा भाग लिन आज जकार्ता जाने भएका छन् । बैठक आगामी बुधबार इन्डोनेसियाको राजधानीमा बस्दैछ । त्यसअघि हुने वरिष्ठ अधिकारीका बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागी शुक्रबार इन्डोनेसिया उडेका छन् । जकार्तामा रहँदा परराष्ट्रमन्त्रीले छिमेकी मुलुकका आफ्ना समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । एसियाली–अफ्रिकी सम्मेलनको ६० औँ वाषिर्षोत्सव तथा एसियाली–अफ्रिकी रणनीतिक सहकार्य विषयक सम्मेलन आगामी शुक्रबार इन्डोनेसियाको बाङडुङमा हुनेछ । सो सम्मेलनमा प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले भाग लिने कार्यक्रम रहेको सो मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...