नेभिगेशन
अन्य

राष्ट्रिय झण्डा ओढाएर सूर्यबहादुर थापालाई प्रधानमन्त्रीको श्रद्धाञ्जली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा राप्रपाका संस्थापक सूर्यबहादुर थापाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दशरथ रंगशालामा राखिएको छ । प्रधानमन्त्री सुशील कोइरालाले नेपालको राष्ट्रिय झण्डा ओढाएर राजकीय सम्मानसहित श्रद्धाञ्जली अर्पण गरेका छन् । सभामुख सुवास नेम्वाङ, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले नेता माधवकुमार नेपाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल , राप्रपा नेपालका अध्यक्ष कमल थापा, प्रधानसेनापति गौरव शमसेर जबरा लगायत पनि रंगशाला पुगेर थापाप्रति श्रद्धाञ्जली अर्पण गरिसकेका छन् । बिभिन्न दलका नेता, कार्यकर्ता, शुभेच्छुक र सर्बसाधारणहरु थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न दशरथ रंगशालामा पुगेका छन् । सिमसिमे पानीको पर्वाह नगरी उनीहरु श्रद्धाञ्जली दिन लामबद्ध भएका छन् । दशरथ रंगशालाबाट शवयात्रासहित शुक्रबारै पशुपति आर्यघाट पुर्‍याएर अन्तिम संस्कार गरिने छ । यसअघि थापाको पार्थिव शरिरलाई मालीगाउँस्थित निवासबाट राप्रपाको पार्टी कार्यालय चाबहिलमा श्रद्धाञ्जलीका लागि लगिएको थियो । त्यहाँ पार्टी अध्यक्ष पशुपति समशेर राणाले थापाको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएका थिए । थापालाई श्रद्धाञ्जली दिन नेता, कार्यकर्ता र आफन्तहरु राप्रपाको पार्टी कार्यालय पुगेका थिए । उनीहरु भावविह्वल मुद्रामा थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै