नेभिगेशन
अन्य

जाजरकोटका चार सय ३२ विद्यालय बन्द

जाजरकोट । मौसमी सिजिनल फ्लु र स्वाइन फ्लुका बिरामी दैनिक बढेपछि जाजरकोटका सबै विद्यालय आजदेखि बन्द गरिएको छ । जिल्लाका २ सय य७६ प्रावि, निमावि ९२ र ६४ वटा मावि विद्यालयको पठनपाठन बन्द गरिएको हो । जिल्ला दैवीप्रकोप उद्धार समितिले गरेको निर्णयअनुसार १५ दिनका लागि विद्यालयमा पठनपाठन बन्द गरिएको हो । विद्यालयमा धेरै मानिस जम्मा हुने भएकाले त्यहाँबाट छिटो सङ्क्रमण बढ्ने भन्दै विद्यालय बन्द गरिएको प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले जानकारी दिए । अछानी गाविसको एक विद्यालयबाट यो रोग फैलिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । कार्यालय दिएको जानकारीअनुसार नेपाली सेनाको चिकित्सकसहितको टोलीले आज बिहानैदेखि रोग प्रभावित टालेगाउँ गाविसमा उपचार सुरु गरेको छ । त्यस्तै चौरजहारीस्थित रहेको मेसिन अस्पतालबाट गएको स्वास्थ्यकर्मीको टोलीले पनि आजबाट उपचार सुरु गरेको छ । यसैबीच बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी रामकृष्णा गिरी बिरामी परेपछि थप उपचारका लागि उनलाई काठमाडौँ लगिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...