नेभिगेशन
अन्य

कोरिया भाषा परीक्षाका लागि आवेदन खुल्यो

काठमाडौं । आगामी जेठ ३० शनिबार र ३१ आइतबार गते सञ्चालन हुने रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जानका लागि लिइने कोरियन भाषा परीक्षाको आजबाट आवेदन खुल्ला भएको छ । आवेदन फारम बैशाख ६ गते आइतबार साँझ पाँच बजेसम्म आवेदन फारम बुझाउने व्यवस्था गरिएको छ । भाषा परीक्षाको फारम काठमाडौं उपत्यकाभित्र पाँच स्थान र काठमाडौं उपत्यकाबाहिरका पाँच स्थानमा आवेदन फारम लिइदैछ । फारम बिहान ८ बजेदेखि वितरण गरिएपनि फारम लिने युवाहरुको लाइन बिहानैदेखि लागेको छ । उपत्यकामा नेपाल वेद विद्याश्रम संस्कृतमावि वनकाली, गौशाला, काठमाडौं भ्याली उच्चमावि महाराजगन्ज, ल्याबरोटरी उच्चमावि कीतिर्तुर, महेन्द्र आदर्श विद्याश्रम सातदोवाटो तथा च्यासल फुटबल खेल मैदान बालकुमारीमा आवेदन फारम बुझाउने व्यवस्था गरिएको छ । त्यस्तै उपत्यका बाहिर धरान, जनकपुर, बुटबल, पोखरा र डडेलधुरामा पनि परीक्षा फारम वितरण गरिनेछ । धरानमा धरान नगरपालिका वडा नम्बर ८ स्थित धरान सभागृहमा, जनकपुरको जनपुर चुरोट कारखाना लिमिटेडको कभर्ड हलमा, बुटवलको नेपाल प्रहरी तालिम केन्द्रको पूर्वतर्फ रहेको प्रदर्शनी मण्डपमा, पोखराको वडा नम्बर १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी उच्च माविमा तथा डडेल्धुराको अमरगढी नगरपालिका स्थित कर्मचारी मिलन केन्द्रमा फारम वितरण तथा दर्ता गरिने छ । कोरियन भाषा परीक्षाका लागि १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । आवेदन दिने व्यक्ति कुनै फौजदारी अभियोगमा अदालतबाट जेल सजाय नपाएको, कोरियामा गएर गैर कानुनी रुपमा बसोबास गरी कोरियन सरकारले समातेर फिर्ता नपठाएको तथा नेपाल सरकारले अन्य मुलुक जान रोक लगाएको व्यक्ति हुनुपर्ने छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...