नेभिगेशन
अन्य

पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाको उपचारका क्रममा निधन

काठमाडौं । पुर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको ८८ वर्षको उमेरमा भारतको नयाँ दिल्लीमा बुधबार राति निधन भएको छ । नेपाली राजनीतिका महत्वपूर्ण व्यक्तित्व थापाको पेटको उपचारका क्रममा दिल्लीस्थित मेदान्ता अस्पतालमा निधन भएको हो । पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको ८८ वर्षको उमेरमा मेदान्तामा उपचारका क्रममा निधन भएको छ । राप्रपाका बरिष्ठ नेता एंव वरिष्ठ राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको पाथिर्थ शरीर बिहीबार काठमाडौं ल्याउने तैयारी भैरेहको छ । थापाले गत चैत ५ गतेमात्र ८८ औं जन्म दिन मनाएका थिए । उनी चैत १६ गते उपचारका लागि दिल्ली गएका थिए । थापाले शुक्रबार मेदान्त अस्पतालका वरिष्ठ सर्जन आदर्श चौधरीले नेतृत्व आन्द्राको सफल सल्यक्रिया भएको थियो । डाक्टरहरूले १५ दिन अस्पतालमा बस्नु पर्ने बताएका थिए । तर, बुधबार साँझ स्वासप्रवासमा समस्या बढेपछि भेन्टिलेटरमा राखिएको थियो । मेदान्त अस्पतालमा भर्ना गरिएका थापाको बुधबार राति १०ः ४४ बजे मेदान्त अस्पतालमा निधन भएको राप्रपा नेपालका सहप्रवक्ता किरण गिरीले बताए । थापाको पार्थिव शरीर विहीबार अपरान्ह काठमाडौं ल्याईने भएको गिरीले बताए । धनकुटाको मुगामा जन्मिएका थापा ५ पटक प्रधानमन्त्री भएका थिए । २०१५ सालमा राजा महेन्द्रले संसदको निर्वाचन घोषणा गरेपछि गठित सल्लाहकार सभामा थापा अध्यक्ष थिए । पछिल्लो पटक उनी शाही कालमा प्रधानमन्त्री भएका थिए । थापाका छोरा सुनिल थापा बाणिज्यमन्त्री छन् । उनी बाबुलाई लिएर उपचारका लागि दिल्ली गएका थिए । यसैबीच वरिष्ठ नेताको निधनको शोकमा परेको राप्रपाले बिहीबार बिहान पार्टीको बैठक बोलाएको छ । पंचायतकालमा लामो समय शासन सत्तामा रहेपनि पछिल्लो समयमा उनि उदार राजनीतिज्ञको छवि बनाएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै