नेभिगेशन
अन्य

जाजरकोटामा थप एकको मृत्यु, मर्नेको संख्या १७ पुग्यो

जाजरकोट । जाजरकोटमा फैलिएको महामारीबाट टालेगाउँ गाविस–२ का ५२ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको छ । अब मर्नेको संख्या १७ पुगेको छ । पैक गाविसमा खटिएका एक स्वास्थ्यकर्मी आफैँ बिरामी भएका छन् । उनको थप उपचारका लागि सदरमुकाम ल्याइएको छ । बिरामी हुनेमा रामकृष्ण गिरी रहेका छन् । स्वाइन फ्लु भन्ने प्रमाणित भएपछि थप आतङ्क फैलिएको छ । टालेगाउँमा एकसय ५० जनाभन्दा बढी बिरामी परेका छन् । उनीहरुलाई साधारण रुघाखोकीको औषधी दिइएको छ । नेपाली सेनाका प्रणय कार्की नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोली आज पुग्ने गाँउ पुग्नेछ । झन्डै दुई हप्तादेखि फैलिएको महामारीका पीडितहरु मध्ये १२ जनाको स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याइएको छ । जसमध्ये तीन जनामा भने स्वाइन फ्लुका जीवाणु भेटिएका छन् । अन्यको भने रिर्पोट आउन बाँकी छ । महामारी जाजरकोटको पैक, अर्छानी, नायकबडालगायतका गाविसमा फैलिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै