नेभिगेशन
अन्य

मोरङमा लागुऔषधसहित दुई पक्राउ

विराटनगर । मोरङमा लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–६ बस्ने १९ वर्षीय विष्णु सहनी र विराटनगर–१५ बस्ने २९ वर्षीय महेश पासवानलाई पक्रेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कोसी राजमार्गअन्तर्गतको टङ्कीसिनुवारीमा मङ्गलबार अपराह्न आकस्मिक जाँचका क्रममा उनीहरुको साथबाट लागुऔषध टिटी ४ सय ५० थान र कोरेक्स ३३ बोतल बरामद गरिएको हो । उनीहरु बिक्रीका लागि लग्दै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र कहाँबाट ल्याएको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...