नेभिगेशन
अन्य

जहाज मर्मतमा मात्रै सेनाको डेढ अर्ब खर्च

काठमाडौ । नेपाली सेनाका ग्राउन्डेड जहाज मर्मतमा ५ वर्षभित्र करिब डेढ अर्ब रुपैयाँ खर्च भएको छ । अर्कातिर सनोले करोडौं वक्यौता मिनाहा गर्दै आएको छ । स्पेयर्स पार्ट खरिद, बिमा नवीकरण तथा मर्मतसम्भारअन्तर्गत सरकारले आव ०६६/६७ देखि ०७०/७१ सम्म डेढ अर्ब रुपैयाँ उपलब्ध गराएको छ । महालेखा परीक्षकको कार्यालयको तथ्यांक अनुसार ०६६/६७ मा १८ करोड ३७ लाख ५० हजार, ०६७/६८ मा १८ करोड ५३ लाख७८ हजार, ०६८/६९ मा २१ करोड ८५ लाख ५९ हजार, ०६९/७० मा ५४ करोड ७० लाख ३७ हजार र ०७०/७१ मा ३० करोड ७८ लाख ९६ हजार रुपैयाँ खर्च भएको छ । विगत पाँच वर्षयता चालू अवस्थामा रहेका जहाजले पनि क्रमशः उडान घटाउँदै लगेका छन् । एकातिर सरकारसँग मर्मत खर्च माग्दै जाने प्रवृत्ति र अर्कातिर ठूलाबडाले सेवा लिए वापत तिर्नुपर्ने वक्यौता मिनाहा गर्ने चलनले हेलिकप्टर सञ्चालन खर्च थप बढेको हो । पछिल्ला तीन वर्ष अवधिमा मध्येएयरबेसतर्फ करिब ७करोड र भीभीआईपी उडानतर्फ एक करोडको वक्यौता सेनाले मिनाहा गरेको छ । विकास निर्माण तथा ब्यवसायिक उडानतर्फ ७ वाटा संस्थाले एयरबेसअन्तर्गत सेवा लिए वापतको करिब ४ करोड र भीभीआईपीतर्फ १० लाख रुपैयाँ पनि सेनाले मिनाहा गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै