नेभिगेशन
अन्य

नेपाल भारत सीमा स्तम्भ अनुगमन जारी

इटहरी । नेपाल र भारतका नापी विभागका उच्चस्तरीय कर्मचारीको टोलीले सुनसरी र भारतको विहार राज्यसँग जोडिएको दशगजा क्षेत्रका सीमा स्तम्भको अवस्थाबारे अध्ययन अनुगमन गरिरहेको छ । सुनसरी र भारतको विहार राज्यसँग जोडिएको दशगजा स्थानमा २ सय ८३ वटा जङ्गे मझौला र साना सीमा स्तम्भ रहेका छन् । कोसी ब्यारेज क्षेत्रबाट दुवै देशका नापी प्रमुख नापी अधिकृत तथा संरक्षण कर्मचारीसहितको टोलीले दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको अवस्था अनुगमन गरिरहेको हो । विगत तीन दिनदेखि टोलीले गरेको अध्ययनअनुसार सुनसरी जिल्लाको कोसी ब्यारेज क्षेत्रको कोसी नदी र नदीले डुबान गरेका क्षेत्रमा कम्तीमा १५ देखि २० वटा सीमा स्तम्भ हराएको अवस्था देखिएको र ती सीमा स्तम्भ दुवै देशका नापी अधिकारीले निक्र्यौल गरेर निर्माणको काम हुने नापी विभागका प्रमुख नापी अधिकृत सुशील डङ्गोलले जानकारी दिए । विभागका प्रमुख डङ्गोलका अनुसार हरिपुरको भण्टाबारी साहेवगन्ज र कप्तानगन्जको दशगजा क्षेत्रमा दुवै देशका स्थानीयवासीले खाली दशगजा क्षेत्रमा अतिक्रमण गरेर संरचना बनाउने जस्ता कार्य भएको र ती स्थानीयले दुवै देशको सरकारले हटाउन भन्नासाथ आफूहरुले बनाएको संरचना भत्काउने सहमत भएको छ । अबका तीन दिनभित्रमा सुनसरी जिल्लाको सम्पूर्ण सीमाको अवस्थाका विषयमा अध्ययन अनुगमन गरी सिध्याउने र हराएका वा भत्किएका सीमा स्तम्भ मर्मत गर्ने वा बनाउनेलगायतका कामको निक्र्यौल गर्ने बताउँदै उनले सुनसरीमा बाँकी रहेका सीमा स्तम्भ अत्यन्तै राम्रो अवस्था रहेको पाइएको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै