नेभिगेशन
अन्य

आजदेखि उपत्यकामा प्लास्टिकका झोला प्रतिवन्ध

काठमाडौं । सरकारले आजदेखि उपत्यकामा प्लास्टिक झोला बिक्री वितरण र प्रयोग प्रतिबन्ध लगाएको छ । सरकारले प्लास्टिक झोका बोक्ने र बिक्री वितरण गर्नेलाई वातावरण संरक्षण ऐनअनुसार कारबाही गर्ने भएको छ । सरकारको निर्देशनलाई उल्लंघन गर्दै मापदण्डमा तोकिएभन्दा पातलो प्लास्टिकको झोला बोके कसुर हेरी ५० हजार रुपैयाँसम्मको कारबाही हुनेछ । व्यवस्थापिका संसदको वातावरण संरक्षण समितिको ९ भदौ २०७१ मा बसेको बैठकले प्लास्टिक झोलामुक्त उपत्यका बनाउन सरकारलाई निर्देशन दिएको थियो । समितिको निर्देशनअनुसार सरकारले उपत्यकाभित्र प्लास्टिक झोला प्रतिबन्ध लगाएको हो । संसदीय समितिले उपत्यकाबाहिरका लागि प्लास्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका २०६८ लाई प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिँदै ३० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयातरनिर्यात, बिक्री वितरण र प्रयोग गर्न रोक लगाउने निर्देशन दिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...