नेभिगेशन
अन्य

संविधानसभाको बैठक फेरि ६ गतेसम्म स्थगित

काठमाडौं । दलहरुबीचको विवादका कारण लामो समयदेखि बस्न नसेको संविधानसभाको बैठक सोमबार पनि शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ। आजको बैठकमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले पूर्व सभासद एवंम् एमाओवादी नेता सलिममियाँ अन्सारीको निधनप्रति शोक व्यक्त गर्ने प्रस्ताव राखेपछि बैठकले अनुमोदन गर्‍यो। त्यसपछि अध्यक्षले अर्को बैठक बैशाख ६ गते ३ बजेका लागि तय गर्दै बैठक स्थगित गरेका थिए। संविधानका विवादित विषयमा सहमति जुट्न नसकिरहेको बेला कार्यसूचि बिना नै डाकिए पनि यस अघि जस्तै पूर्व सभासदको निधनप्रति शोक व्यक्त गर्दै स्थगित भएको हो। गत माघ २९ गतेदेखि अनिश्चित कालका लागि स्थगित बैठक चैत २३ गतेका लागि डाकिएको थियो। तर उक्त दिन पनि एमाले नेता एव् पूर्व सभासद रामनाथ ढकाल र कांग्रेसका पूर्व सांसद महेन्द्र यादवको निधनको कारण शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै