नेभिगेशन
अन्य

काठमाडौंका सडक समयमा नबनाउने ठेकेदारलाई कालोसूचीमा राख्न निर्देशन

काठमाडौं । काठमाडौं उपत्यकाका सडक बिस्तार र मर्मतको ठेक्का लिएर पनि तोकिएको समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कालो सूचीमा राखेर आइन्दा ठेक्का नपाउने गरी कारवाही गर्न संसदको विकास समितिले सरकारलाई निर्देशन दिएको छ । बर्खा लागिसक्दा पनि काठमाडौंका भत्किएका सडक निर्माण नभएको र पानी पर्नासाथ आहालमा परिणत हुन थालेपछि समितिले काममा ढिला गर्ने ठेकेदारलाई आइन्दा ठेक्का पाउनै अयोग्य घोषित गर्न निर्देशन दिएको हो ।Rabindra-Adhikari-650 समितिको निर्णय सुनाउँदै सभापति रविन्द्र अधिकारीले ‘तोकिएको समयावधिभित्र सडक निर्माण सम्पन्न नगर्ने निर्माण व्यवसायीहरुलाई कालो सूचीमा राख्ने तथा भविष्यमा ठेक्का प्राप्त गर्न नसक्ने गरी कार्वाही गर्ने व्यवस्था गर्न र समयमा नै राम्रो कार्य सम्पन्न गर्ने ठेकेदारलाई पुरस्कृत गर्ने व्यवस्था समेत गर्न निर्देशन दिइएको बताए । समितिले ठेकेदारलाई कारवाही र पुरस्कारको मापदण्ड बनाउन समेत सरकारलाई निर्देशन दिएको छ । समितिले उपत्यकाको सडक सन्जाल सहितको काठमाडौं उपत्यका विकास गुरुयोजना अनुसार सडक बिस्तार निर्माण कार्यलाई आबद्ध गर्न समेत निर्देशन दिएको छ । समितिको सोमवारको बैठकमा सम्बद्ध मन्त्रालयका मन्त्री र आयोजना प्रमुखहरुसँग छलफलपछि समितिले सडक बिस्तार तथा निर्माणका कामलाई व्यवस्थित बनाउन बिभिन्न निर्देशन दिएको हो । समितिले उपत्यकाका सडक बिस्तार गर्दा कुनै पनि क्षेत्रका सडक बिस्तार वा मर्मतको काम गर्दा सबै निकायसँग समन्वय गरी एकैपटकमा सबै काम गर्न निर्देशन दिएको छ । यसैबीच समितिले बैशाख १३ देखि१६ गतेसम्म नेपालका पूर्वी तराइदेखि रुपन्देहीसम्मका जिल्लाहरुमा हुलाकी राजमार्गको कार्यान्वयनको स्थिति अवलोकन गर्न सभापति अधिकारीकै नेतृत्वमा सभासदहरु स्थगलगत भ्रमण गर्ने निर्णय समेत गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै