नेभिगेशन
अन्य

व्यापारीलाई गोली प्रहार गर्ने भारतीय हतियारसहित पक्राउ

वीरगन्ज । वीरगन्जका व्यापारी महेश कादमिया (अग्रवाल)लाई गोली प्रहार गर्ने एकजना भारतीय अपराधीलाई प्रहरीले घेराबन्दी गरी पक्राउ गर्न सफल भएको छ । हिजो साँझ ७ः३० बजे पसलमा बसिरहेका बेला महेशमाथि गोली प्रहार गरी भाग्दै गरेको भारत मुजफरपुरका रवि सिंहलाई पर्सा प्रहरीले स्थानीयवासीको सहयोगमा पक्राउ गरेको हो । गोली प्रहार गरेर भाग्दै गरेको अवस्थामा टाइगर प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा घटनास्थल नजिकैबाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरीनायब उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए । उसले के कारणले व्यापारी अग्रवालमाथि गोली प्रहार गरेको हो भन्ने कुरा अनुसन्धान भइरहेको उनले बताए । सिंहको साथबाट एकथान पेस्तोल, तथा १० राउन्ड गोली बरामद भएको छ । सिंहले ठाउँठाउँमा छाडेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...