नेभिगेशन
अन्य

नयाँ वर्षमा चितवनका अस्सी प्रतिशत होटल बुकिङ

चितवन । नयाँ वर्ष मनाउन आउने पर्यटकको सङ्ख्या यो वर्ष चितवनमा बढ्ने देखिएको छ । जिल्लाको सौराहा, जगतपुर र मेघौलीका ठूला अधिकांश होटल बुकिङ भइसकेका छन् । चितवनको सौराहामा मात्र सानाठूला गरी ९७ वटा होटल छन् भने जगतपुरमा १७ र मेघौलीमा चारवटा होटल छन् । सबै होटलको कुल क्षमता दुई हजार ७०० रहेको क्षेत्रीय होटल सङ्घ सौराहाका कार्यवाहक अध्यक्ष सुमन घिमिरेले बताए । जसमध्ये भरतपुरका पर्यटकीय होटल र नवलपरासीको मध्यवर्ती क्षेत्रमा रहेका ६ वटा होटल पर्दछन् । सौराहाको होटल सेभेन स्टारका प्रबन्ध निर्देशक माधव दुवाडीले आजदेखि चार दिनसम्मका लागि होटल पूरै बुकिङ भएको बताए । गत वर्षभन्दा यो वर्ष बुकिङ राम्रो रहेको उनले बताए । मेघौलीको होटल बाराही जङ्गल लजमा पनि सबै बुकिङ भएको छ । गत वर्ष ५० प्रतिशत बुकिङ भएकामा यो वर्ष आइतबार साँझसम्ममा ८० प्रतिशत बुकिङ भइसकेको र विभिन्न एजेन्सीबाट सम्पर्क गरिरहेको बताइएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरानजिकै रहेको कसरा जङ्गल रिसोर्ट पनि आइतबार साँझसम्ममा ६८ प्रतिशत बुकिङ भइसकेको जनसम्पर्क अधिकृत सागर पौडेलले बताए । चितवनमा पर्यटक चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गँैडा, बाघलगायत दुर्लभ वन्यजन्तु हेर्न आउँछन् । पर्यटक हात्ती चढेर जङ्गल सफारी गर्न, नदीमा डुङ्गा सयर गर्न, निकुञ्जमा पदयात्रा गर्न पनि आउने गर्दछन् । पर्यटक बढेसँगै चितवनमा होटलमा लगानी थप्ने क्रम बढेर गएको छ । पाँच अरबभन्दा बढी लगानी चितवनका होटलमा भएको व्यवसायीको भनाइ छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै