नेभिगेशन
अन्य

दक्षिण झापामा डाकाको आक्रमण, पूर्व हवल्दारको मृत्यु, एक लाख पैसा र १० तोला सुन लुटियो

झापा । दक्षिण झापाको पृथ्वीनगरमा आइतबार मध्यरातमा डाका आक्रमणमा परेर एक जना स्थानीयबासीको मृत्यु भएको छ । राति पौने एक बजे २० जनाभन्दा बढीको संख्यामा आएको डाका समूहले गोली प्रहार गर्दा पृथ्वीनगर ८ निवासी ५० वर्षीय देवकुमार श्रेष्ठको मृत्यु भएको हो । पूर्व प्रहरी हवल्दार श्रेष्ठको घरमा प्रवेश गरेको डाका समूहले उनलाई गोली हानेपछि लुटपाट गरेको थियो । उनका परिवारका अन्य सदस्यमाथि पनि कुटपिट भएको जिल्ला प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका प्रवक्ता डिएसपी विश्वमणि पोखरेलका अनुसार किराना पसल चलाउँदै आएका श्रेष्ठको घरबाट १ लाख ८० हजार नगद र १० तोला सुन लुटेका छन् । डाका समूहले गाउँमा हवाइ फायर र बमसमेत विष्फोट गराएका छन् । गाउँमा आतंक छाएको छ । प्रहरीले घटनामा संलग्न भएको शंकामा केहीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै