नेभिगेशन
अन्य

बाग्लुङ उपनिर्वाचनमा कांग्रेसकी चम्पा खड्का विजयी

काठमाडौं । बाग्लुङ क्षेत्र नम्बर १ को हिजो सम्पन्न उपनिर्बाचनमा नेपाली कांग्रेसकी उम्मेद्वार चम्पादेबी खड्का भारी मतका ल्याएर बिजयी भएकी छन् । एमालेकी उम्मेद्वार मनकुमारी केसीलाई एक हजार ६ सय १५ मतले पछाडि पार्दै कांग्रेसकी खड्का बिजयी भएकी हुन् । खड्का १४ हजार ७ सय ३३ मत प्राप्त गर्दै विजय भएकी हुन । निकटतम प्रतिद्धन्दी एमालेकी मना केसी १३११८ मत ल्याएकी छन भने एमाओवादीका कृष्ण केसीले २२८६ मत पाए । एमाओवादी उमेदवार केसीको जमानत जफत भएको छ । कांग्रेसका उम्मेद्वार चम्पा हरिबहादुर खड्काकी श्रीमति हुन् । २२ मंसिरमा जीप दुर्घटनामा परी हरिबहादुरको निधन भएपछि उपनिर्बाचन भएको हो । दोस्रो संविधानसभा चुनावबाट निर्वाचित कांग्रेस सभासद हरिबहादुर खड्काको निधन भएपछि रिक्त स्थान बाग्लुङ क्षेत्रनम्बर १ मा हिजो उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा कांग्रेस उम्मेदवार तथा खड्काकी श्रीमती चम्पा, एमालेकी मनकुमारी केसी र एमाओवादीका कृष्णबहादुर केसी सहित १३ उम्मेवारबीच प्रतिस्पर्धा भएको थियो । हिजो भएको मतदानमा ५२ हजार २०२ मतदाता रहेकोमा ३८ हजार २९० मत खसेको थियो । संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेसका खड्काले १३ हजार ५ सय मत पाएका थिए भने एमालेका हिराबहादुर खत्रीले ११ हजार ९ सय ६३ मत पाएका थिए । तेस्रो स्थानमा रहेको एमाओवादीका कृष्णबहादुर केसीले ६ हजार ३ मत पाएका थिए । एमाले कार्यकर्ताले चुनाबको अघिल्लो दिन खड्काको पक्षमा लागेको भन्दै लोकगायक रामजी नेपालीमाथि हातपात गरेको थियो । यतिमात्र होइन, जनमोर्चाले आफ्ना उम्मेद्वारलाई सहयोग गर्ने भन्दै अनर्गल प्रचार गरेको भए पनि आफ्नै दलभित्रको द्धन्दका कारण एमाले हिजो सम्पन्न निर्बाचनमा पछाडि परेको हो । हरिबहादुर खड्काको लोकप्रियताका कारण पनि यो क्षेत्रमा कांग्रेसको बिजय सुनिश्चित थियो । तर एमाले नेताहरु भने आफ्नो हारको जोगाउ गर्दै कांग्रेसले धाँधली गरेको आरोप लगाएको थियो । गत संबिधानसभा निर्बाचनमा एमालेले शुरुमा टिकट दिए पनि मन केसीको टिकट खोसेर हिराबहादुर केसीलाई दिएको थियो । हिजोको त्यो तुष बाग्लुङ एमालेमा अहिले पनि देखिएको थियो । जसका कारण अघिल्लो निर्बाचनमा मन केसी समूहको सहयोग नपाएको हिरा केसी समूहले अहिले मन केसीबिरुद्ध भित्री रुपमा लागेको थियो । अर्कातिर एमालेले कांग्रेसले सत्ताको दुरुपयोग गरेको आरोप लगाएर मतदान नसकिदै पराजित मानसिकता प्रस्तुत गरेको थियो । बाग्लुङ क्षेत्र नंबर १ को निर्बाचन परिणाम बिगतलाई हेर्दा निक्कै रोचक देखिन्छ । २०४६ सालको परिवर्तनपछि २०४८ मा सम्पन्न संसदीय निर्बाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसका गोविन्द कंडेलले करिब ३ हजार मतको अन्तरले एमालेका गोविन्द अधिकारीलाई हराएका थिए । २०५१ के मध्याबधि निर्बाचनमा करिब ३ हजार मत अन्तरले काँग्रेसका गोविन्द कंडेललाई एमालेका गोविन्द अधिकारीले पराजित गरेका थिए । २०५६ को आम निर्वाचनमा पुनः कांग्रेसले यो क्षेत्रमा बिजय हासिल गरेको थियो । नेपाली कांग्रेसका टंकप्रसाद शर्मा कंडेल एमालेका रामजीप्रसाद शर्मालाई पछाडि पार्दै बिजयी भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा एमालेका रामजीप्रसाद शर्मा बिजयी भएका थिए । कम्युनिष्टहरुले आफ्नो गढ मान्दै आएको बाग्लुङका तीनवटै निर्बाचन क्षेत्रमा गत संबिधानसभा निर्बाचनमा कांग्रेसका उम्मेद्वार बिजयी भएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै