नेभिगेशन
अन्य

बागलुङ क्षेत्र नं–१ मा मतगणना हुँंदै

काठमाडौं । बागलुङ क्षेत्र नं–१ मा शनिबार भएको उपनिर्वाचनकोे मतगणना आइतबार बिहानदेखि सुरु हुने भएको छ । क्षेत्रका सबै बुथबाट मतपेटिका ल्याउने काम सकिएको छ ।bagling-4 सर्बदलीय सहमतिका आधारमा मतगणना गर्न दलहरुको बैठक बोलाइएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा ७३ प्रतिशत मतदाता सहभागी भएका छन् । यो विगतको भन्दा निकै उत्साहजनक सहभागिता हो । ५२ हजार दुई सय दुई मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ३८ हजार,दुई सय ९० मत खसेको थियो । निर्वाचनमा १० राजनीतिक दल र स्वतन्त्र गरी १३ उम्मेदवार सहभागी थिए । गत संविधानसभामा निर्वा्चित सभासद हरिबहादुर खड्काको सवारी दुर्घटना परी निधन भएपछि सो क्षेत्रमा उप निर्वाचन गराइएको हो । विद्युतीय मेशिनको प्रयोग गरी मतदान गराइएकाले मतगणना कार्य छिटो सम्पन्न हुने छ । सबै प्रक्रिया पुरा भएपछि मतगणना आजै आरम्भ हुने जानकारी दिइएको छ । निर्वाचन अधिकृतको कार्यालयले कुनै प्राविधिक वा अन्य समस्या नआए अपरान्ह सम्म मतगणनाको परिणामा सार्वजनिक हुनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै