नेभिगेशन
अन्य

सहमतिका आधारमा संविधान बनाउन बल पुगेको छ :अध्यक्ष दाहाल

काठमाडौं । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले बाग्मति सफाई अभियानको ऐक्यवद्धताले सहमतिका आधारमा संविधान लेखन प्रक्रियालाई बल पुगेको बताएका छन् । उनले बाग्मति सफाई अभियानमा जस्तै एकताका साथ अगाडि बढाउनुपर्ने समेत बताए । बाग्मति सफाई बाग्मती सफाइ महाअभियानलाई सफल बनाउन दाहालले तिनकुने क्षेत्रमा सहभागी भएका थिए । अध्यक्ष दाहालसँगै सोही दलका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई पनि सोही स्थानमा सहभागी भएका थिए । अभियानमा सरिक हुनेक्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले बाग्मतीमा फोहर नफाल्न र अब उप्रान्त त्यसको पवित्रता र स्वच्छता कायम गर्न आज भएको उत्साहजनक सहभागिताले सबैलाई प्रेरणा मिलेको बताए
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...