नेभिगेशन
अन्य

कांग्रेसको चुनाव प्रचारमा हिँडेका गायकलाई एमालेले कुटे

बागलुङ । नेकपा एमालेका कार्यकर्ताको आक्रमणबाट लोक गायक रामजी नेपाली घाइते भएका छन्। बागलुङ क्षेत्र नं १ को उपनिर्वाचनको अघिल्लो दिन शुक्रबार नेपाली काकाको घरमा बसिरहेको अवस्थामा आक्रमणमा परेका थिए। बागलुङ नगरपालिका—९ भिरलाङखुरी स्थित आफ्ना काका जंगबहादुर नेपालीको घरमा बसिरहेको अवस्थामा नेपालीमाथि आक्रमण भएको हो। नेपालीको धौलागिरी अञ्चल अस्पताल , बागलुङमा उपचार भईरहेको छ। घाइते नेपालीलाई जिल्ला प्रहरी कार्यालय, बागलुङबाट खटिएको प्रहरी टोलीले उद्दार गरी अस्पताल ल्याएको हो। गायक नेपालीले कांग्रेस उमेद्वार चम्पादेवी खड्काको पक्षमा मत माग्न एल्मब बनाएर चुनावी अभियानमा गीत गाउँदै हिँडेका थिए। गायक नेपाली नेपाली कांग्रेस समर्थक हुन्। भेट्नुछ भन्दै बोलाएर एमाले कार्यकर्ताले एक्कासी आक्रमण गरेको नेपालीका काका रमेश नेपालीले बताए। नेकपा एमालेका कार्यकर्ता विदुर बोहोरा, दिपु बोहोरा, सुनिल केसी, टक बहादुर बोहोरा, कर्ण बहादुर बोहोराको समूहले नेपालीमाथि आक्रमण गरी घाइते बनाएको नेपाली कांग्रेसका कार्यवाहक सभापति जगदिशचन्द्र उपाध्यायले बताए। ‘गायक नेपालीले कांग्रेस उमेद्वारको पक्षमा गीत गाएको भन्दै आक्रमण गरेका छन्’ उपाध्यायले भने,‘निर्वाचनलाई प्रभावित गर्ने गरी आक्रमण गरेका हुन्।’ यता एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले स्थानीय साथीहरुबीच सामान्य धकेलाधकेल भएको बताए। यता प्रहरीले घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी नायब उपरिक्षक प्रेम बस्नेतले बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...