नेभिगेशन
अन्य

मुलुकको विकासमा सघाउँछौँ : एनआरएन अध्यक्ष घले

म्याग्दी । गैरआवासीय नेपालीको अन्तर्राष्ट्रिय सङ्गठन समन्वय परिषद् (एनआरएन)का अध्यक्ष शेष घलेले मुलुकको विकास निर्माणमा एनआरएनले सघाउने बताएका छन् । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा एनआरएन युकेको लगानीमा निर्मित ज्येष्ठ नागरिक आश्रम भवनको उद्घाटन समारोहमा आउनुभएका अध्यक्ष घलेले मातृभूमिको उन्नतिका लागि आफूहरु सधैँ लागिरहने बताए । विभिन्न प्रशासनिक झमेला र विमानस्थल अवरुद्ध तथा बन्द हडताल तथा अप्ठ्यारोलाई छिचोल्दै आफूहरु मातृभूमिको मायाकै कारण आएको भन्दै उनले स्रोत र साधनले पुगेसम्म मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि कोसिस गर्दै आएको बताए । मुलुकको विकास निर्माणको नेतृत्व गर्ने युवा नै वैदेशिक रोजगारीको लागि विदेशिनुपरेकोतर्फ लक्षित गर्दै उनले सरकारलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नेतर्फ ध्यान दिन आग्रह गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...