नेभिगेशन
अन्य

आज बाग्मती सफाइ महाअभियान १०० औं हप्ताको बिषेश कार्यक्रम

काठमाडौं । बाग्मती सफाइ महाअभियान १००औँ हप्ता विशेष कार्यक्रम सुरु भएको छ । कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालादेखि प्रमुख राजनीतिक शीर्ष नेता, आम नागरिक, निजामती, जङ्गीदेखि विद्यार्थी, सञ्चारकर्मी, नागरिक समाजको सहभागिता रहेको छ । बाग्मती नदीको मुहान सुन्दरीजलदेखि चोभारको सुन्दरीघाटसम्मको २८ किलोमिटर क्षेत्रको दुवै किनारामा मानव साङ्लो निर्माण गरि सफाई अभियानको बिषेश कार्यक्रम थालिएको छ । बाग्मती नदी प्रणालीको सरसफाइ सम्बन्धमा आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमअनुसार बिहान ७ः१५ बजे राष्ट्रिय गानबाट सुरु हुने महाअभियानमा ‘बाग्मती नदी सफा गछौँ’ ,‘सफा गर्न सक्छौँ’ ‘हामीले नगरे कसले गर्छ’, ‘अहिले नगरे कहिले गर्ने’ भन्ने सपथसमेत लिइनेछ र मानव साङ्लो निर्माण गरी नदी किनार सफा गरिनेछ । सफाइका लागि सरकारले विभिन्न मन्त्रालयका १३ जना सचिवलाई विभिन्न १३ स्थानमा संयोजक तोकेको छ भने विभिन्न क्षेत्रमा स्थापित १२ जना व्यक्तित्वलाई समन्वयकर्ताको जिम्मा दिइएको छ । अभियानमा सहभागिताका लागि प्रमुख तीन राजनीतिक दलले आ–आफ्ना नेता तथा कार्यकर्तालाई अभियानमा सहभागी हुन निर्देशन दिइसकेको छ र शीर्ष नेताहरु पनि सो अभियानमा सक्रिय सहभागी हुने जनाइसकेका छन् । मुलुकले नै महाअभियानको रुपमा चित्रण गरेर सकारात्मक सन्देश दिन लागेकाले सबैले आ–आफ्ना कार्यकर्तालाई सहभागिताका लागि परिचालन गर्ने भएका हुन् । बाग्मती सफाइको महाअभियानलाई विगत १०० हप्तादेखि सञ्चालनमा रहेको छ । मानव सभ्यताको अनुपम नमुनाको रुपमा रहेको बाग्मती नदीलाई सफा बनाउनका लागि सबै राजनीतिक दल, नागरिक समाज, पेसागत सङ्घ तथा सङ्गठनले सक्रिय सहभागिता जनाउँदै आएका छन् । सफाइ महाअभियान एक सय हप्ता पुगेको अवसरमा आज बिहान बाग्मती नदीमा ५६ किलोमिटर लामो मानव साङ्लो बनाउन लागिएको हो । बाग्मतीको मुहान सुन्दरीजलदेखि चोभारको सुन्दरीघाटसम्मको २८ किलोमिटर क्षेत्रमा ५० हजारभन्दा धेरै सहभागी भई मानव साङ्लो बनाउने भएपछि राजनीतिक दलले पनि आफ्ना नेता तथा कार्यकर्ता परिचालन गरेका छन् । नेपाली काँग्रेस उपसभापति रामचन्द्र पौडेल नेतृत्वको टोलीले सानेपा क्षेत्रमा सरसफाइ अभियानमा सहभागी भएका छन् । काँग्रेसले आफ्ना सभासद्लाई पायक पर्ने स्थानमा सहभागी हुन निर्देशन दिएको छ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एक टोली नै सहभागी भएको छन् । अध्यक्ष ओली नेतृत्वको टोली थापाथली क्षेत्रमा खटिने छ । एमाओवादीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई बाग्मती पुल आसपासको क्षेत्रमा सहभागी भएका छन् । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ नेतृत्वमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरु थापाथली कुपण्डोल क्षेत्रमा परिचालित भएका छन् । नेपाली सेनाले विभिन्न स्थानमा पाँच हजार जनशक्ति परिचालन गर्ने भएको छ । सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले राजधानीका विभिन्न स्थानमा पाँच हजार जनशक्ति परिचालन गरिने राससलाई जानकारी दिए । बिहान ६ बजेदेखि नै बाग्मती नदी किनारमा सुरक्षाकर्मी परिचालित भइसकेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै