नेभिगेशन
अन्य

युरोपेली टोलीले क्षेत्राधिकार नाघ्यो : इश्वर पोख्रेल

विराटनगर । नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले नेपाल भ्रमणमा रहेको युरोपेली युनियनको संसदीय टोलीले क्षेत्राधिकार नाघेको आरोप लगाएका छन् । नेपालमा राजनीतिक भेटवार्ता गर्दै युरोपियन युनियनको टोलीले तेश्रो संविधानसभा सम्भव छ की छैन भनेर सोध्नु उनीहरुको क्षेत्राधिकार भन्दा बाहिर रहेको महासचिव पोख्रेलले बताए । विराटनगर विमानस्थलमा शुक्रबार विहान सञ्चारकर्मीसँग कुरा गर्दै पोख्रेलले दोश्रो संविधानसभाले नै संविधान बनाउने सम्भावना नटरेको अवस्थामा उनीहरुले तेश्रो संविधान सभाको प्रश्न उठाउन नमिल्ने बताए । उनले भने, ‘तेश्रो संविधानसभाका बारेमा कुरा उठाउने समय आएको छैन, यो उनीहरुको हतारो हो ।’ लामो समयदेखि सहमतिको रटान भएपनि सहमति हुन नसके प्रक्रियाबाट संविधान निर्माणलाई प्रक्रियाबाट अघि बढाउने उनले बताए । चैत ३० गतेसम्म विपक्ष मोर्चासंग सहमति नभए प्रकृयामा गएर संविधान लेखन कार्य अगाडी बढ्ने पोख्रेलको भनाई थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै