नेभिगेशन
अन्य

चैत ३० सम्म सहमति नजुटे कांग्रेस–एमाले प्रक्रियामा जाने

काठमाडौं । सत्तारुढ दुई दल कांग्रेस–एमालेले चैत ३० सम्म सहमति नभए संविधान निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकले सहमतिका लागि अन्तिम प्रयास गर्ने निर्णय गरेको हो । ‘चैत ३० सम्म सहमतिका लागि अधिकतम प्रयास गर्छौं’, बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले भने, ‘अन्तिम कसरत पनि सफल भएन भने संविधान निर्माणको प्रक्रिया अघि बढाउने सहमति भएको छ ।’ संविधान निर्माणका लागि सत्तारुढ दलहरुले प्रक्रिया अघि बढाएपछि बढेको दलहरुबीचको दुरी अझै कायमै छ । ५४ दिनपछि चैत २३ मा बसेको बैठक संविधानसभाको बैठक चैत ३० सम्मका लागि स्थगित भएको थियो । चैत २३ मा बसेको बैठक एमाले नेता तथा पूर्व सांसद रामनाथ ढकालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो । संविधानसभा एक सातका लागि स्थगित भएपछि एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले २४ चैतबाट तीन दिनसम्म गर्ने भनेको आमहड्ताल पनि एकै दिनमा टुंगिएको थियो । ‘एमाओवादी र मधेसवादीसहितका दलसँग सहमतिका लागि मध्यमार्गी बाटोबाट अघि बढ्ने निर्णय गरेका छौं’, लेखकले भने, ‘अधिकतम लचक हुँदा पनि सहमति भएन भने ३० गतेबाटै प्रक्रिया अघि बढ्छ । बालुवाटारमा भएको बैठमा दुबै पार्टीका शीर्ष नेताहरु सहभागी थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै