नेभिगेशन
अन्य

सहमतिका लागि प्रयास थाल्दै राष्ट्रपति

काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले सहमतिका लागि प्रयास गर्ने भएका छन् । प्रमुख दलहरु सहमति जुटाउन असफल भएपछि राष्ट्रपति यादवले दलका नेताहरुलाई छुट्टा छुट्टै भेटेर सहमतिको प्रयास गर्न लागेका हुन् । आज उनले छलफलका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बोलाएका छन् । बिहान ११ बजेपछि राष्ट्रपति कार्यालय शितल निवासमा हुने छलफलमा दलहरुबीच देखिएको विवाद र सहमतिका विकल्पका विषयमा कुराकानी हुनेछ । दलहरुवीच सहमतिको वातावरण बनाएर अवरुद्ध बनेको संविधान निर्माण प्रक्रियालाई गति दिने बारेमा परामर्श गर्न राष्ट्रपतिले ओलीलाई बोलाएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...