नेभिगेशन
अन्य

पेस्तोलसहित युवक पक्राउ

गोलबजार । सिरहाको मिर्चैया नगरपालिका– ५ का एक युवकलाई अटोमेटिक पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २० वर्षीय घुसका भन्ने सञ्जय मण्डल रहेका छन् । विशेष सुराकीको आधारमा मण्डललाई नियन्त्रणमा लिएर शरीर जाँच गर्दा अटोमेटिक पेस्तोल र सोमा लाग्ने चार राउण्ड गोली बरामद गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार मण्डल जबर्जस्ती करणी मुद्दामा दुई वर्ष जेल सजाय काटेका व्यक्ति हुन् । पेस्तोल कहाँबाट ल्याएको र किन राखेको विषयमा मण्डलमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खतिवडाले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...