नेभिगेशन
अन्य

सहमतिको नयाँ प्रस्ताव तयार पार्दै कांग्रेस–एमाले

काठमाडौं । प्रमुख सत्तासिन दल नेपाली कांग्रेस र नेकपा एमालेले सहमतिका लागि नयाँ प्रस्ताव तयार गर्ने भएका छन् । विपक्षी दल एमाओवादीले नयाँ ठोस प्रस्ताव ल्याएमात्रै वार्तामा बस्ने अडान लिएपछि दुईदलको तर्फबाट साझा नयाँ प्रस्ताव ल्याउन लागिएको हो । संघियतामा देखिएको विवादका विषयमा तीनवटा विकल्प अघि सारेर प्रस्ताव तयार गरिने एक नेताले जानकारी दिए । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरेहको बैठकमा साझा प्रस्ताव बनाउने ती नेताले बताए । संघियतालाई बाँकी राखेर प्रक्रिया सुरु गर्ने, संघियता टुङ्गो लगाउने मिति तोकेर मस्यौदा खेलनको काम सहमतिमा नै सुरु गर्ने वा विवादित पाँच जिल्लाबारे सहमति जुटाउन अरु जिल्लालाई पनि प्याकेजमा राख्नेगरि प्रस्ताव तयार हुँदैछ । बिहानको बैठकले प्रस्तावका आधारमा तयार पारेपछि सम्भवभए आजै एमाओवादीसँग छलफल हुनेछ । आजको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेता सहभागी हुनेछन् । प्रधानमन्त्री कोइरालाले एमाओवादीसँग भएको छलफलमा भएको जानकारी गराएप्छि त्यस आधारमा कुराकानी हुने काङग्रेस प्रवत्ता दिलेन्द्रप्रसाद बडुल जानकारी दिए । हिजो प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीका नेताहरुसंग प्रधानमन्त्री सुशील कोइरालाले छलफल गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...